२७ हजार कर्मचारीको समायोजन आज साँझसम्म टुंगिने

Sthaniya bikash mantralay

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाले स्वास्थ्य तर्फका करिब २७ हजार कर्मचारीको समायोजन आज साँझसम्म सकिने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाले ६० हजार ६ सय ३४ निजामति कर्मचारी समायोजन गरिसकेको छ ।

स्वास्थ्य तर्फका करिब २७ हजार कर्मचारीको समायोजन आजै सक्ने लक्ष्य रहेको महाशाखा प्रमुख केदार पनेरुको भनाई छ । उनका अनुसार ७५ हजार कर्मचारीले समायोजनका लागि आवेदन दर्ता गराए पनि करिव ८७ हजार कर्मचारीको समायोजन भएको छ ।

समायोजन रोजेका कर्मचारीको पत्र समेत तयार गरेर पठाइसकेको उनले जानकारी दिए । समायोजन भएका कर्मचारीको तथ्यांक बिहीबारसम्म सार्वजनिक गर्ने महाशाखाको तयारी छ । निजामति किताबखानामा ८९ हजार कर्मचारीको संख्या दर्ता भएपनि विविध कारणले २ हजारको समायोजन तलमाथि भएको महाशाखाले जनाएको छ ।

समायोजन गर्न छुटेका कर्मचारीलाई समायोजन ऐन अनुसार समायोजन गरेर लैजाने महाशाखा प्रमुख पनेरुले वताए । सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ ल्याएर गत पुस ११ देखि माघ २ गतेसम्म तीनै तहमा कर्मचारी समायोजन गर्न कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमध्ये एक रोज्न आग्रह गर्दै फाराम भराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...