किन महिलाहरु कण्डम प्रयोग गर्न मान्दैनन् ? यसतो छ कारण

Condom 12

काठमाडौं । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्न भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ ।

महिलाहरुले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दो छ । खासमा महिलाहरुले किन कण्डम लगाएर यौन सम्पर्क रुचाउँदैनन् ? सेक्स एउटा यस्तो चीज हो जसको इच्छा प्राय सबैमा हुन्छ । एउटा उमेर लागेपछि सेक्सप्रति जो कोहीको रुची जान्छ । उमेर पुगेपछि शारिरीक सम्बन्ध बनाउन युवा युवतीहरु तयार हुन्छन् । यो स्वभाविक पनि हो ।

यो हरेकले जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ । सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ । तर, धेरे महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन ।

यसका केही कारणहरु
कण्डम प्रयोग गरेर यौन सम्पर्क गर्दा कम आनन्द हुन्छ । प्रायः महिलाहरुलाई कण्डमको बास्ना मन पर्दैन । यसकारण पनि उनी कण्डम लगाएर यौन सम्पर्क राख्न रुचि देखाउँदैनन् ।

एलर्जी हुने डर । यो कारणले पनि महिलाहरु कण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् । कण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् ।

मुख्य यी कारणले नै धेरै जसो महिलाहरु कण्डम प्रयोग गर्न रुचि दिँदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि कण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ ।

असुरक्षित यौन सम्पर्कले दुवैलाई घाटा पुर्याउँछ । कण्डम प्रयोग नगरेरै यौन सम्पर्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ ।

एक अनुसन्धनका अनुसार बेलायतमा १६ देखि २४ वर्षका युवाहरुले आफ्ना पार्टनरसँग यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्दैनन् । जसका कारण उनीहरु यौनजन्य रोगका शिकार बन्ने गरेका छन । त्यस्ता रोगहरुबाट बच्न अहिले त्यहाँ नयाँ अभियान शुरु भएको छ । बेलायतको स्वास्थ्य विभागका अनुसार १६ देखि २४ वर्ष उमेरका युवाहरु आफ्ना नयाँ साथीसँग कण्डम प्रयोग गर्दैनन् ।

अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वभरि नै यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो ।

केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन् ।

केन्द्रका निर्देशक डा‍क्टर तारानाथ पाखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ । फेब्रुअरी १३ मा विश्वभरि नै कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले कण्डम दिवस मनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...