विप्लवलाई प्रधानमन्त्री यस्तो चेतावनी, चैतभित्र हिंसा त्यागेको घोषणा गर, नत्र...

Oli 11

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई चैत्रभित्रै शान्तिपूर्ण बाटोमा आउन आग्रहसहितको चेतावनी दिएका छन् ।

सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न आग्रह पनि गरेका छन् ।

‘उहाँहरु सहमतिमा आए ठीकै छ । नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ’ ओलीले भने, ‘विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ ।’

ओलीले विप्लवलाई भने, ‘मौका छ, चाडै आउनुस्, नत्र चैतभित्रमा नियन्त्रणमा लिइनेछ ।’ प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढिरहेको बताए। नेकपाको स्पष्ट नीति र लक्ष्य भएकाले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको समेत उनले दाबी गरे ।

जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न समेत ओलीले संसदलाई निर्देशन दिएका छन् ।

‘तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस् । सरकारले गरेका कामको प्रचार गर्नुहोस् । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ’ उनले भने, ‘त्यसको खण्डन गर्नुहोस् । सत्य कुरा भन्नुहोस् । जनताका कुरा सुन्नुहोस् । आगामी वर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...