स्वस्थ जीवनका लागि स्वस्थकर खाना : साधन हो कि साध्य ?

Sampada shrestha 1

खाना जीवनको आधार हो । खानाबिना जीवन सम्भव छैन । यति महत्वपुर्ण खानामा हामी कति सजग छौ त ? स्वयं प्रश्न गर्न सकिन्छ । बढ्दो शहरीकरण र व्यस्त दैनिकीले हामीले खाने खानाको गुणस्तरमा कमी आएको हुन्छ । बाहिर बनाइएको खानाहरु बढी मात्रामा खाने बानीले स्वास्थलाई नकारात्मक असर गरिराखेको हुन्छ ।

शरीरको बनावट जस्तो सुकै भए पनि स्वस्थ्य र तन्दुरुस्त हुन जरुरी छ । त्यसका लागि स्वस्थकर खाना जरुरी छ । हाम्रो शरिरको बनावट सानो, ठूलो, मोटो, पातलो जस्तो भए पनि यो एउटा प्राकृतिक कुरा नै हो । मुख्य कुरा शरिरको रोग, विकार, कष्ट, दुख वा दुर्बलता हटाउन सन्तुलिन भोजन जरुरी छ । भोजनमा असन्तुलन भयो भने मानिसको जीवनमा रोगको भण्डार बढ्दै जान्छ ।

त्यसैले कस्तो शरिर भएका मानिसहरुले के खाने ? त्यसमा पनि ध्यान दिनुपर्छ । यदि तपाई पनि आफ्नो शारीरिक बनावटबाट सन्तुष्ट हुनुहुन्न भने सबैभन्दा पहिले आफ्नो शारीरिक बनावट कस्तो छ भनेर जान्न नै आवश्यक छ । त्यसपछि हामीले शरीरको बनावटअनुसार खानपानमा ध्यानदिन सक्यौं भने शरीर स्वतः आफैँ मिल्न थाल्छ । खानेकुरा केवल पेट भर्नको लागि मात्र हुनु भएन ।

यसबाट प्राप्त ऊर्जाले हाम्रो शरीरलाई क्रियाशील तथा पूर्ण स्वस्थ राख्छ । भोजन खुराक त हो नै । औषधि पनि हो, जो अनेक रोगलाई शरीरबाट टाढा राख्ने काम गर्छ । प्रतिरोधात्मक शक्ति पनि भोजनबाटै प्राप्त हुन्छ । भोजन शरीरको तन्त्रको पोषित गर्ने साधन मात्र हो, साध्य होईन । साच्चै भन्ने साध्य त पौष्टिक भोजनद्वारा शरीरको पोषण हुन्छ । कहिले पनि बासी र ढुसी परेको भोजन खानुहुँदैन । धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा पनि खान योग्य हुँदैन । यसले आफ्नो गुणवत्ता सकिसकेको हुन्छ । खानेकुरालाई पटकपटक तताउँदा पनि यसमा हुने पोष्टिक तत्व नष्ट भएर जान्छ ।

भोजन राम्रो, सादा, पौष्टिकता गुणस्तर हुन जरुरी छ, जो सजिलैसँग खाएपछि पचाउन सकियोस् । भोजनमा कम थोरैथोरै मात्रा नुन, घिऊ, तेल, मसाला होस् । हरियो साग सब्जी उमालेर वा साधारण तरीकाबाट पकाएको धेरै राम्रो हुन्छ । फ्राई वा पटकपटक पकाइएको सब्जी ठीक हुँदैन । खाना खाएलगत्तै पानी वा फलफुलको जुस पिउन ठिक हुँदैन । कमसेकम एक घण्टा अगाडी वा पछाडि पिउदा उत्तम हुन्छ । खानामा पौष्टिक तत्व कमी नहोस् । यो सन्तुलित पनि हुन जरुरी छ ।

मांसाहारीभन्दा शाकाहारी नै राम्रो हुन्छ । पशुमा हात्ति, घोडा, गाई, भैसी, गैंडा आदि पनि शाकाहारी हुन् । यिनीहरू मासु खाँदैनन् । तर पनि यिनीहरू शक्ति, गुणमा केही कमी छैन भने मासु नखाने मान्छे पनि निर्वल, शक्तिविहीन कसरी हुन्छ ?

सडक पेटीमा ठाऊमा बेचिने खाना खानु राम्रो होईन । सडकमा खुल्ला रुपमा राखिएका खानेकुराले संक्रमण बढाउने डर भइरहन्छ । चाउचाउ पानीपुरी, कुरकुरे, गोलगप्पा, पकौडा, टिक्की, फास्टफूड, चाऊमिन, छोले, भठूरे, समोसा, पापड, प्याजी, चप आदि ठीक तरीकाबाट सुरक्षित स्वच्छतासँग बनाइएको हुँदैन । राम्रोसँग राखिएको हुँदैन ।

बनाउने या सर्भिस दिनेको पसिना, फाहोेर हात हुनछ । उसले सधैं राखन भ्याइरहेको पनि हुँदैन । र सम्भव पनि हुँदैन । अतः यस्तो दूषित भोजनदेखि बच्नुपर्छ । अशुद्ध भोजन पदार्थ मात्र हैन, दूषित पानी, जुस, कोक, कोल्ड ड्रिङ्स नपिऊ । यो अझै हानिकारक छ ।

आफनो शारीरिक अवस्था, कार्य, आयु, पाचनशक्ति आदिको ध्यान राखेर नै भोजन मिलाएर नै खाने गर्नु राम्रो हुन्छ । प्रकृतिको विरूद्ध कहिले पनि भोजन गर्नुहुँदैन । जति पचाउन सकिन्छ, त्यसभन्दा कम खानु उपयुक्त हुन्छ ।

केके खाने त ?
शरिरको आकार चारपाटे (रेक्ट्यांगल) आकारको भएको व्यक्तिलाई नुनिलो खानेकुरा, फास्टफुड तथा मदिरामा विशेष रुची हुन्छ । शरिरको यस्तो आकार हुनु भनेको कसिलो हिप र छरितो कम्मर र छाती तथा कुममा धेरै बोसो भएको मानिस हो । त्यसैले यस्ता मानिसहरुले आफ्नो तौललाई नियन्त्रित राख्न एभोकार्डो, बदाम, साल्माने माछा खानुपर्छ । तर गुलियो र बाहिरको खाने कुरा कम खानुपर्छ ।

आफ्नो पेट घटाउन खानामा फाइबरयुक्त खानेकुरा, फलफूल, तरकारी, भिटामिन ‘सी’, प्रोटिन भएका खानेकुराहरु खानुपर्छ । र नियमित व्यायाम गर्नुपर्छ । मानिसहरुले आफ्नो वजन कम गर्न मासु, माछा, अण्डा, प्रोटिन तथा तरबुजा, भुईकटहर लगायतका फलफूल खानुपर्छ ।

खानामा हरियो साग सब्जी, फलफूलको प्रशस्त प्रयोगले पेटसम्बन्धी समस्यामा धेरै कमी गर्नुका साथै यससम्बन्धि लाग्ने गम्भीर प्रकारका रोगबाट मुक्त हुन सकिन्छ । खाना सन्तुलन राख्ने मानिसलाई प्राय कमै पेटका समस्या देखिने गर्छ । एक्युट ग्यास्ट्राइटिस, आइबिस, पाइल्स, क्यान्सर जस्ता रोगहरुमा स्वस्थ खानाले धेरै कमी ल्याउने गर्छ ।

केके नखाने ?
खानामा चिनी अर्थात गुलियोको मात्रा बढी प्रयोग गर्नु त्यति राम्रो मानिँदैन । खानामा कम चिनी प्रयोग गर्नु उचित मानिन्छ । दैनिक रुपमा बदाम काजु जस्ता फलहरुको प्रयोग गर्नु उत्तम हुन्छ । यस्ता फलमा फ्याटको मात्रा बढी हुने भए पनि उक्त फ्याट कम हानिकारक मानिन्छ ।
सजिलै उपलब्ध हुने, बनाउने झन्झट नहुने हुदाँ सबैलाई रेडिमेड खानाले लोभ्याउनु कुनै आश्चर्य भएन । तर यस्ता खाने कुराले चाहिँ स्वास्थलाई राम्रो गर्दैन । यसले मोटोपना बढाउने, शरीरको रोगसँग लड्न सक्ने क्षमतामा कमी ल्याउने काम गर्छ । त्यसैले यस्ता खाना र जुसहरु कम प्रयोग गर्नुपर्छ ।

चुरोट, रक्सी जस्ता मादक पदार्थको प्रयोग कम गर्नुपर्दछ । यसले कलेजो फोक्सो मात्र होइन सम्पूर्ण शरीरलाई स्वस्थ राख्नुको साथ साथै रोगसँग लड्ने क्षमताको विकास गर्छ ।

(धनकुटाकी श्रेष्ठ एमविविएस अध्ययनरत छिन् ।) 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...