आज १० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

Nepal rastra bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबार बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे छ । लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनः सोमबार बिल बिक्री गर्ने भएको बैंंकले एक सूचनामार्फत जानकारी दिएको छ । 

बैंकका अनुसार चार अर्ब तीन करोड रुपैयाँ बराबरको ट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी १८२ दिनका लागि र दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

यसअघि यही चैत ४ गते १३ अर्ब ५१ करोड रुपैयाँ बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै बैंकले साेमबार पाँच अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...