कपाललाई घामबाट जोगाउन यसो गर्नुस्

Hair

काठमाडौं । कपाल धोएपछि कन्डिसनरको प्रयोग गर्नुस् । यसो गर्दा घामको किरण सीधै कपालमा पुग्न पाउँदैन ।

- दही पनि प्राकृतिक कन्डिसनर हो । यसको प्रयोगले कपाल मुलायम बन्नुका साथै जराको फोहोरलाई पनि सफा गर्छ । त्यसैले हप्तामा तीनपटक कपालमा दही लगाई १५ मिनेटसम्म रहन दिनुस् ।

- दही र अन्डाको सेतो भाग मिलाएर पनि कपालमा लगाउन सक्नुहुन्छ । यसो गर्दा कपाल मुलायम र चमकदार बन्छ ।

- घाममा बढी हिँड्नुपर्ने काम छ भने हप्तामा एकपटक कपालको स्पा गर्नुस् । पार्लर या घरमै पनि स्पा गर्न सक्नुहुन्छ ।

- कपाल धोएपछि सुकाउनका लागि हेयर ड्रायरको प्रयोग कहिल्यै नगर्नुस् । यसो गर्दा कपालमा हानि पुग्छ ।

- प्रत्येक दुई महिनामा कपाल काट्ने गर्नुस् । यसो गर्दा नयाँ र ताजा कपाल आउने गर्छ । ग्रोथका लागि कटिङ आवश्यक हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...