चिकित्सक भन्छन्, समयमै उपचार गरे केही होइन क्षयरोग, निको हुन्छ

Tb rog

काठमाडौं । आज विश्व क्षयरोग दिवस । के तपाईंलाई दुई साताभन्दा बढी समयदेखि खोकी लागेको लाग्यै छ ? कहिलेकाहीं खकारमा रगत देखिन्छ ? ज्वरो, तौलमा कमी र खानामा अरुचिजस्ता समस्याले सताएको छ ? यो विषयमा ख्याल गर्नुपर्ने छ ।

निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ भनेर तपाईँ अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ ।

क्षयरोग विश्वभर फैलिएको एक संक्रामक रोग हो । यसलाई अग्रेजीमा ट्युबरक्युलोसिस (टिबी) भन्ने गरिन्छ । सन् १८८२ मार्च २४ मा डा. रोर्वट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए । त्यसको सय वर्षपछि १९८२ मार्च २४ बाट यो दिवस विश्वभर मनाउने गरिएको छ ।

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले लाग्ने गरेको चिकित्सकहरुले बताएका छन् । यसले फोक्सोमा सबैभन्दा चाडो आक्रमण गर्नुका साथै शरीरका अन्य भागहरूमा पनि असर गर्न सक्छ ।

क्षयरोग लागेका कुनै पनि व्यक्तिमा यसका किटाणु सक्रिय छन् भने उसले श्वास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने छिटाको माध्यमबाट हावामा फैलिएर अन्य व्यक्तिमा सर्ने गर्दछ। विश्वको एक तिहाई जनसंख्या यसका किटाणुको संक्रमणको जोखिममा रहेको चिचित्सकहरुले बताउने गरेका छन् ।

३ हप्ता वा त्यो भन्दा बढि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, थकान बढी महसुस भएमा क्षयरोगका लक्षण हुन सक्ने चिकित्सकले बताएका छन् ।
यदि क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ । जस्तैः कुपोषण, एचआईभी संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ । क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात रोगका लक्षण देखा पर्छ ।

मुख्यतः क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ, फोक्सोको क्षयरोग र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग ९ग्रन्थी, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि । फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोग भन्दा गाह्रो हुन्छ ।

क्षयरोगका लक्षणहरू
दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु ,शरीरको तौल घट्नु , खासगरी बेलुकापख ज्वरो आउनु , छाति दुख्नु, खाना अरुची हुनु, खकारमा रगत देखिनु आदि ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...