आज क्षयरोग दिवस : १३ हजार विरामी उपचारको दायरा बाहिर

Tuberclosis 9

काठमाडौं । आज ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ क्षयरोग दिवस मनाइँदै छ । नेपालमा अझै क्षयरोगका १३ हजार बिरामी उपचारको दायराबाट बाहिर रहेको तथ्यांकले देखाएको छ ।

सरकारले क्षयरोगको उपचार पूर्ण रुपमा निःशुल्क गरेको छ । तर अझैं पनि करीब २२ प्रतिशत बिरामी निःशुल्क उपचारको पहुँचमा पुगेका छैनन् । सरकारले ती विरामी निजी स्वास्थ्य संस्थाबाट शुल्क तिरेर उपचार गरारुरहेको अनुमान गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रतिवर्ष नयाँ ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गर्छन् । पुरानो र नयाँ गरेर ६० हजार क्षयरोगी भएको उसको अनुमान छ । सरकारले आफ्नो विवरणमा नआएका करीब १३ हजार क्षयरोगी निजी क्षेत्रबाट उपचार लिएको हुनसक्ने आशंका गरेको छ ।

नेपालमा बर्सेनी ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरे पनि वार्षिक १३ हजार बिरामीहरु उपचारको दायरामा नआउने गरेको अनुमान छ । जसले गर्दा नयाँरपुराना गरी अझैँ २८ हजार बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

नेपालमा क्षयरोग नियन्त्रणका लागि ४ हजार ३ सय २३ वटा डट्स उपचार केन्द्र, ६ सय ४ प्रयोगशाला, ५६ वटा जीन एक्सपर्ट केन्द्र र २ वटा राष्ट्रिय प्रेशण प्रयोगशाला क्रियाशील छन् । औषधि प्रतिरोधी क्षयरोगका लागि २१ वटा उपचार केन्द्र र ८१ वटा उपकेन्द्र र ६ वटा डीआर होस्टल सञ्चालनमा ल्याइएको छ ।

एमडीआर क्षयरोगीको संख्या बार्षिक १ हजार बढी हुने अनुमान गरिए पनि गत वर्षमा ४ सय २० जना मात्रै केन्द्रको तथ्यांकमा छ । केन्द्रका निर्देशक डा. भिमसिंह तिङकरीका अनुसार नेपालमा नयाँ र पुराना गरी क्षयरोगका ६० हजार बिरामी छन् ।

आर्थिक वर्ष २०७४।०७५ मा एक लाख ९६ हजार ३ सय ६२ जनामा क्षयरोगको शंका गरी परीक्षण गर्दा ३२ हजार ४ सय ७४ जनामा क्षयरोग देखिएको थियो । उनीहरू राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन् ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगीको संख्या बढ्दै गएको छ । क्षयरोगको बिरामीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्भे भइरहेको छ । जसका लागि ५५ जिल्लाका ९९ वटा क्लस्टरका करिब ५७ हजारको घरदैलोमा प्रत्यक्ष पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको विधिद्वारा गरिने गरिँदैछ ।

क्षयरोग देखिएपछि नियमित रुपमा छ महिना औषधि खाएमा क्षयरोग निको हुने भए पनि नियमित औषधि सेवन नगर्दा नेपालमा बर्सेनि पाँच हजार मानिसले यस रोगका कारणले ज्यान गुमाउने गरेको तथ्याङक छ । क्षयरोगका बिरामी हुने युवाहरू बढी रहेका छन् ।

केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष थपिएका ३२ हजार क्षयरोगीमध्ये २५ हजारको हाराहारीमा युवा रहेका छन्। आर्थिक वर्ष २०७३र७४ मा पनि २२ हजार युवामा क्षयरोग फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...