मनाइयो विश्व दृष्टि विशेषज्ञ दिवस, दृष्टि विशेषज्ञहरुको भुमिका महत्वपूर्ण रहेको दावी

Aakha progam

काठमाडौं । विश्व दृष्टि विशेषज्ञ दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । शनिबार विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा नेपाल ओप्टोमेट्री एसोसिएशन र नेपाल ओप्टोमेट्री स्टुडेन्ट सोसाइटीले विविध कार्यक्रम आयोजना गरी मनायो ।

सो अवसरमा आँखा सेवाका लागि दृष्टि विशेष भन्ने नाराका साथ विशेषज्ञहरुले र्यालीको आयोजना गरेका थिए । सो र्याली त्रिवि शिक्षण अस्पतालबाट चक्रपथ, बसुन्धरा, कान्ति अस्पताल हुँदै पुन त्रिवि शिक्षण अस्पतालमा आएर समापन भएको थियो ।सो र्यालीमा ओप्टोमेट्री अध्ययनरत विद्यार्थी, शिक्षक, दृस्टी बिशेषज्ञ र आँखा स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरुको सहभागिता थियो ।

सो अवसरमा आयोजित कार्यक्रममा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा आँखा सेवाले लिएको फड्को मारेको बताए । प्राडा मिश्रले आँखा उपचारका लागि सरकारको आफ्नै लगानीका पूर्ण स्वामित्वको अस्पताल नभईराखेको अवस्थामा नेपाल आँखा उपचारमा पूर्ण रुपमा निर्भर हुनु र विदेशमा समेत सहयोग गर्न सक्नु आफैँमा ठूलो सफलता भएको बताए ।

नेपाल ओप्टोमेट्री एसोसिएशनका अध्यक्ष निरजदेव जोशीले आँखा उपचारको क्षेत्रमा दृष्टि विशेषज्ञहरुको भुमिका अत्यन्त महत्वपूर्ण भएको बताए । उनले स्कुलेदेखि बृद्ध उमेरका व्यक्तिहरुको दृष्टि परीक्षण गर्ने र उपचार गर्ने मात्रै नभई आँखा स्वास्थ्यको क्षेत्रमा समेत जनचेतना फैलाउने काममा आफूहरु लागिरहेको भन्दै राज्यको तर्फबाट आवश्यक समन्वय नभएको दुःखेसो गरे ।

एसोसिएशनका कोषाध्यक्ष जुनु श्रेष्ठ, नेपाल ओप्टोमेट्री स्टुडेन्ट सोसाइटीका अध्यक्ष कपिल गौतम, तन्त्र विद्यार्थी युनियन महाराजगञ्ज मेडिकल क्याम्पसका सभापति डा. मिलन गैरे लगायतले आँखाको ज्योति गुम्नुअघि नै सतृकता अपनाउन आग्रह गरेका थिए ।

नेपालमा २० वर्ष अघिदेखि दृष्टी विशेषज्ञहरुको उत्पादन शुरु भएको थियो । हाल नेपालमा अहिलेसम्म ७ सय दृष्टि विशेषज्ञ छन् । तीमध्ये नेपालमै अध्ययन गरेकाहरुको संख्या झण्डै १ सयको हाराहारी मात्रै छ । बाँकी ६ सय चाँही विदेशमा अध्ययन गरेर नेपालमा आई आँखाक विषेशज्ञको रुपमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...