स्वाइन फ्लुबाट वीरगन्जमा १ जनाको मृत्यु, चितवनमा बर्डफ्लु नदेखिएको स्पष्टीकरण

Swine flu

वीरगन्ज । स्वाइन फ्लुबाट वीरगन्जमा महानगरपालिका –१० आदर्शनगरका सञ्जय कासरियाको मृत्यु भएको छ ।

कासरियाका भतिजा अमित अग्रवालका अनुसार पटना अस्पतालमै उपचारका क्रममा उनलाई स्वाइन फ्लु लागेको पुष्टि भएको थियो ।

१५ दिनदेखि बिरामी रहेका कासरियाको ५१ वर्षको उमेरमा शुक्रबार साँझ भारतको उत्तरप्रदेशको लखनउमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वाइन फ्लुको उपचार सम्भव नरहेको भन्दै पटना अस्पतालले दिल्ली रेफर गरेको थियो । बाटोमै स्वास्थ्य समस्या देखिएपछि उनलाई लखनउ अस्पतालमा शुक्रबार भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा मृत्यु भएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कासरियाको मृत्यु स्वाइन फ्लुबाट भएको भन्ने पारिवारजनले बताएको जानकारी दिए । उनले स्वाइन फ्लुकै कारण मृत्यु भएको भए संवेदनशील हुनुपर्ने बताए ।

यता, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको प्रष्ट पारेको छ । देशशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ ।

केन्द्रका प्रमुख डा. विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि चितवनमा समस्या नभएको बताए । केन्द्रले नियमितरुपमा नमूना सङ्कलन गर्ने, जिल्लास्थित प्रयोगशालामा परिक्षण गर्ने र शङ्कास्पद देखिएमा केन्द्रीय प्रयोगशालामा पठाउने काम गरिरहेको छ ।

कृषकले कुखुरा मरेमा परीक्षणका लागि प्रयोगशालामा ल्याउने गरिरहेका छन् । केन्द्रले हाटबजार र शङ्कास्पद खोरको नमूना लिने काम गरिरहेको छ। ठूलो सङ्ख्यामा कुनै पनि खोरमा कुखुरा नमरेको श्रेष्ठले बताए । एच नाइनका कारण केही कुखुरा मरेका भए पनि सङ्ख्यात्मक रुपमा कुखुरा नमरेको उनले बताए। देशकै आधाभन्दा बढी कुखुराजन्य उत्पादन चितवनमा हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...