४ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

Pakkrau 1

राजविराज । सप्तरीमा एक ४ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का ३८ वर्षीय दिपक भुजेल रहेको प्रहरीले जनाएको छ ।

पीडितकी आमाले उजुरी दिएपछि प्रहरी चौकी फतेपुरका टोलीले भुजेललाई पक्राउ गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

आरोपित भुजेले बालिकाको संवेदनशील अङ्गहरु जवरजस्ति चलाएको परिवारले आरोप लगाएको छ ।

शुक्रबार जवरजस्ती करणीको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

प्रहरी निरीक्षक प्रतिक विष्टकाअनुसार पीडित बालिका घाइते भएकी छिन् ।

उनको स्थानीय फत्तेपुर पोलिक्लिनिकमा उपचारपश्चात हाल मोरङको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस