कपिलवस्तुमा आगलागी हुँदा ५४ लाखको क्षति

Aaglagi 45

कपिलबस्तु । कपिलवस्तुको शिबराज नगरपालिका ६ पैकिबन्डामा आगलागी हुँदा ठूला क्षति भएको छ । हिजो दिउँसो २ बजे स्थानीय बुदइ कुर्मीको घरबाट सल्केको आगोेले ११ वटा घर तथा ५ गोठ जगेर नष्ट भएको हो ।

दिउँसो नास्ता बनाउने क्रममा लागेको आगोमा परेर स्थानीय सनउल्ला मिँया घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

आगलागीमा एउटा गाई पनि जलेर मरेको छ । आगलागीमा करिव ५४ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय, प्रहरी तथा कृष्णनगरको दमकलले ३ घण्टामा नियन्त्रणमा लिएको थियो ।

घटनास्थलमा पुगी यस क्षेत्रका प्रदेश सभाका सांसद अर्जुन केसीले आगलागी पीडितहरुलाई शान्तवना दिँदै प्रदेश सरकार फुसको छानो मुक्त अभियानमा लागेको जानकारी गराउदै प्रदेश सरकारको तर्फबाट प्रतिपरिवार ४० हजार बराबरको जस्तापाता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस