जान्नुहोस : एउटै काजुका अनेकौ फाइदा !

808203224img 20180505084601

काजुको सामान्य जीवनमा केही महंगो भएका कारण कमैले मात्रै प्रयोग गर्छन् । तर काजुको नियमित प्रयोग गरेमा त्यसबाट विभिन्न फाइदाहरु लिन सकिन्छ ।

अनुहार चम्किलो बनाउँछ
काजुको प्रयोग खानमा मात्रै नभएर यसले मसाज पनि गर्न सकिन्छ । यसमा प्रोटिनको मात्रा उच्च हुने भएकाले यसलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नुपर्छ । त्यसले गर्दा अनुहार अझ बढी चम्किलो हुन्छ ।

दिमाग तेजिलो बनाउँछ
काजुमा एक प्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।

युरिक एसिड हुन दिँदैन
काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

रक्तचाप नियन्त्रण गर्छ
काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।

कोलेस्टेरोल घटाउँछ
हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।

मुटु बलियो बनाउँछ
काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिन्न तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...