प्रमाण नस्ट गरेको अभियोग लागेका डिल्लीराज विष्टको बहस सकियो

64414706522496114 1504112339672649 5813883571815736157 o izuwhntmwy

कन्चनपुर । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा यातना दिएको र प्रमाण नस्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टको बहस सकिएको छ ।

गएको मंगलबार बयानका लागि आफैं अदालतमा उपस्थित भएका विष्टको शुक्रबार थुनछेक बहस सकिएको हो । बहस सकिएपनि समयाभावले आदेश भने आउन सकेन ।

बहस सकिएसँगै आदेशका लागि समय अपुग भएकाले आइतबार बिहान १० बजे बोलाइएको जिल्ला अदालत कन्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

उनले अदालतको आदेश नआएकाले विष्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरको जिम्मा लगाइएको बताए । फरार रहेका ‘सीआइबी’का तत्कालीन डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।

मुद्दाका प्रतिवादीहरु तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकीन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी र प्रहरीजवान चादनी साउद यसअघि जिल्ला अदालत कन्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस