वैशाख अघि लोकसेवा नखुल्ने यस्तो छ कारण, बैशाखपछि २० हजारका लागि बिज्ञापन खुल्ने

Loksewa aayoggg

काठमाडौँ । कर्मचारी समायोजनका कारण यो बर्ष लोकसेवा आयोगको कार्यतालिका (क्यालेन्डर) पूर्णतया प्रभावित भएको छ ।

लोकसेवा आयोगले गत कार्तिकमै कर्मचारी भर्ना खोल्ने तयारी गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आग्रह बमोजिम उसले आफ्नो बार्षिक कार्यतालिका दुई महिना पछाडि सारेको हो ।

यद्यपि त्यही समयमा कर्मचारी समायोजन प्रक्रिया सुरु भयो । कर्मचारी समायोजन फागुन ३ गतेभित्रै सकाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घोष गरेका थिए ।

तर फागुनभित्र कर्मचारी समायोजन प्रक्रिया टुंगिएन् र चैत्र भरिमा सकिने सम्भावना पनि झिनो हुदै गएको मन्त्रालय श्रोतको भनाई छ । मन्त्रालयका अनुसार हालसम्म करिब ७० हजार चानचुन कर्मचारीको समायोजन टुंग्गिएको छ । यही बीचमा केही प्राविधिक कर्मचारीहरुको समायोजन पनि टुंग्गाइएको छ ।

अझैं पेचिलो बन्न पुगेको छ स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन । स्वास्थ्य सेवाका कर्मचारीहरु झण्डै २४ हजारभन्दा बढी छन् ।

यी सबै समायोजन टुंएग्याउन र कर्मचारीहरु खटाउने प्रक्रिया पूर्ण रुपमा टुंग्याउन चैत्र महिनाभर लाग्नसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

यी सबै प्रक्रिया टुंग्याएपछि मात्र सरकारले लोकसेवाका लागि विज्ञापन खोल्न अनुमति दिने छ । मन्त्रालयका अधिकारीहरुका अनुसार समायोजनपछि झण्डै २० हजार कर्मचारीका लागि आयोगले विज्ञापन खोल्ने छ ।

पटक पटक सरेको लोकसेवा आयोगको विज्ञापन वैशाख महिना अगाडि खोल्ने सम्भवना भने अत्यन्त न्यून छ । कर्मचारी समायोजनको संक्रमणकालीन अवस्थाका कारण यस वर्ष आयोगले नियमित परीक्षा सञ्चालन गर्न सकेन ।

वार्षिक पाँच लाखदेखि नौ लाख लोकसेवामा सहभागी हुन्छन् । सामान्य प्रशाशन मंत्री लालबाबु पण्डितले चैत्रमै कर्मचारीको माग गर्दै बिज्ञापन खुल्ने बताए पनि त्यो सम्भब नहुने प्रस्ट छ र बैशाख भित्रमा सबै सेवा समुहका गरी २० हजार कर्मचारी माग गर्दै लोकसेवाले बिज्ञापन गर्ने अन्तिम तयारी गरिरहेको श्रोतको भनाई छ ।

अघिल्लो आर्थिक वर्ष ५ लाख ५७ हजारले विभिन्न पदमा दरखास्त दिएका थिए । आर्थिक वर्ष २०७३ ७४ मा ८ लाख ४४ हजारको दरखास्त परेको थियो ।

सबैभन्दा धेरै दरखास्न आह्वान हुने प्रशासन सेवा समुहमा यो वर्ष विज्ञापन नै गरिएन् । न्याय, संसद् सचिवालयलगायत केही सेवा समुहमा सीमित विज्ञापन गरिएको लोकसेवाले जनाएको छ । लोकसेवा आयोगका अनुसार आगामी वैशाख पछाडि आयोगले विज्ञापन खोल्ने सम्भवना छ ।

 

प्रतिकृया दिनुहोस