सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा तोडफोड, व्यापक सुरक्षाकर्मी परिचालन

Seti anchal aspatal

धनगढी । सेती अञ्चल अस्पतालमा अपरेशन गरेर पहिलो सन्तान जन्माएकी रेखा थापाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । चैत २ गते अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ वर्षीया थापाको शुक्रबार मृत्यु भएपछि उनका आफन्तले नारावाजी गरेका छन् ।

चैत ४ गते अपरेशन गरेर पहिलो सन्तान जन्माएकी थापालाई चैत ६ गते जन्डिस देखिएको थियो । शुक्रबार सेती अञ्चल अस्पतालले रेफर गरेपछि कोहलपुर लाने क्रममा रेखाको बाटोमै मृत्यु भएको हो ।

शिशुलाई भने सेती अञ्चाल अस्पतालमामै राखिएको छ । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र एक्कैचोटी रेफर गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सुत्केरीका आफन्तले भने शुक्रबार दिउँसो सेती अञ्चाल अस्पतालमा तोडफोड गर्दै आन्दोलन गरेका हुन् । पीडितहरुको आक्रोशले अस्पतालमा तनाव बढ्दै गएपछि सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सुत्केरीका आफन्तले भने शुक्रबार दिउँसो सेती अञ्चाल अस्पतालमा तोडफोड गर्दै आन्दोलन गरेका हुन् । उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र एक्कैचोटी रेफर गरेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रतिकृया दिनुहोस