सिन्धुलीमा हतियारधारी समुहद्धारा १ सय २० तोला सुन लुटपाट

Lutera

सिन्धुली । बुधबार सिन्धुलीमा हतियारधारी एक समूहले ६० लाख मुल्य बराबरको १ सय २० तोल सुन लुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार स्वचालित पेस्तोल तथा तरबारसहित आएका अज्ञात लुटेराको समूहले कनपा-६ स्टलबजरमा कालिगढले बनाउँदै गरेको सुन लुटेर फरार भएका हुन् ।

होलीका दिन सबै होलीमा रमाइरहेका बेला उनीहरुले सुन लुटेर फरार भएका छन् । जिल्लाका विभिन्न सुनचाँदी पसलमा कार्यरत कालीगढले स्टलबजारस्थित उद्योग बाणिज्य संघको कार्यालय पछाडीको कोठा भाडामा लिएर गरगहन बनाउँदै आएका थिए ।

स्थानीयले कालो माक्स लगाएका, कपालमा विभिन्न प्रकारका रंगहरु लगाएर आएका लुटेराले १ सय २० तोला सुन लुटेर फरार भएको भन्दै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।

कालिगढले काम गर्दै गर्दा सुन लुटेर भागेको खबर गरेपछि तत्काल प्रहरी घटनास्थित पुग्दा लुटेराको पहिचान हुन नसकेको सिंहको भनाई छ ।

उनले भने, 'हामीहरुले उक्त घटनाको अनुसन्धान गरिरहेका छौं । हालसम्म कुनै शंकास्पद व्यक्तिको पहिचान हुन सकेको छैन्। घट्ना पनि रहस्यमय बन्दै गएको छ ।’

कालिगढले निर्माण गर्न ल्याएको सुन कुन सुन पसलको अडरको हो भन्ने खुल्न समेत नसकेको र को को कालीगढको लुटीएको भन्ने पनि अनुसन्धानमै रहेकाले घटना थप रहस्यमय बनेको सिंहले जनाए ।

उक्त सुन लुटिएको विषयमा जिल्लाका कुनैपनि सुनचाँदी व्यवसायी बोलेका छैनन् । तर, जिल्लामा पहिलो पटक हतियार सहित लुटपाट भएको घट्नालाई प्रहरीले विशेष रुपमा अनुसन्धान अगाडी बढाएका सिंहको भनाई छ ।

लुटिएको सुनको बजार मुल्य ६० लाख रुपैयाँ रहेको व्यवसायीहरुले जनाएका छन् । उता जिल्लामा हतियारसहित सुन लुटिएको घटनापछि उद्योगी व्यवसायी भने त्रसिद भएका छन् ।

घटनापछि एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

द्योगी, व्यापारीले आफ्नो व्यापार, व्यवसाय संचालन गर्दा राज्यतर्फबाट पाउनुपर्ने सुरक्षालगायतका अन्य अधिकार सुरक्षित गर्न सम्बन्धित निकायको ध्यानार्षण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, जिल्लाका व्यवसायीले घट्नामा संलग्न रहेकाको यथाशीघ्र पहिचान गरी कानुन अनुसारको कार्वाही अगाडि बढाइदिन अनुरोध गरिएको छ ।

'आगामी दिनमा यस्ता घट्ना घट्ना नदिन सबैमा सरोकार निकायबाट उचित सुरक्षाको व्यवस्था गरी उद्योगी व्यापारी व्यवसायिलाई सहज एवं शान्तिपूर्ण ढंगले काम गर्ने वातावरण सिर्जना गरिदिनुहुन अनुरोध गर्दछौं', विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...