कटेजमा आगलागी हुँदा १० लाख बराबरको क्षति

Aaglagi 45

दाङ । दाङको लमही नगरपालिका ३ टिकुलीगढ स्थित बनाना कटेजमा आगलागी हुँदा कटेज जलेर नष्ट भएको छ ।

बुधबार राति करिब सवा ९ बजेतिर शिशिर केसीले संचालन गरेको कटेजमा विद्युत सर्ट भई आगलागी हुँदा कटेज पुर्णरुपमा नष्ट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस