भारतीय गुणस्तरहीन औषधी नेपालमा छ्यापछ्याप्ती, सरकार बेखवर

Medicin 7

काठमाडौं । रोगीका लागि औषधी अनिवार्य छ । फेरि विरामीहरु औषधीको विश्वासमा हुन्छन् र जति पनि औषधी खान तयार हुन्छन् । तर, स्वास्थ्यका लागि नेपालमा हानीकारण औषधी विक्री भइरहेको तथ्य सार्वजनिक भएको छ ।

नेपालमा ३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको छ । गुणस्तर परीक्षणका आधारमा भारत सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो । भारतको सेन्ट्रल ड्रग स्ट्यान्र्डर्ड एन्ड कन्ट्रोल अर्गनाइजेसनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधिको गुणस्तर फेल भएका छन् । ती औषधी नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् ।

क्योर फर्मास्युटिकल्स, बाल फर्मा, लार्क ल्याबोरेटरी, हिन्दुस्तान मेडिसिन, फेसेनिउस कवी अंकोलोजी, अल्बर्ट डेबिड लगायतका कम्पनीबाट उत्पादित औषधि नेपालमा बिक्री हुँदै आएको छ । त्यस्ता औषधि ज्वरो, ग्यास्ट्रिक र अल्सरका बिरामीले प्रयोग गर्दै आएका छन् ।

तोकिएको मापदण्डअनुसार औषधिमा हुनुपर्ने गुण नभएको र घुल्नुपर्ने ठाउँमा औषधि नघुलेको पाइएको हो । बजारमा पुगेका गुणस्तरहीन त्यस्ता सबै औषधि फिर्ता पठाउन निर्देशन दिँदै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको भारत सरकारले जनाएको छ । भारतीय कम्पनी ओरिजन फार्मा इन्टरनेसनल खरी, लार्क ल्याबोरेटरिज इन्डिया, सलुस फर्मास्युटिकल्स, थेउन फार्मासेयुक्टिकलबाट उत्पादन भइरहेका औषधिहरु गुणस्तरहीन रहेको जनाएको छ ।

सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् ।

तर, यस्ता औषधी बजारमा छ्याप्छ्याप्ती पाउँदा पनि सरकारी निकाय मौन देखिएको छ । अहिलेसम्म बजारबाट यस्ता औषधी सरकारले नियन्त्रणमा ल्याएको छैन । नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार गुणस्तरहीन औषधि बजारमा बिक्री गर्न दिन नहुने बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...