आखा उपचारलाई पहिलो प्राथमिक्ता दिन सरोकारवालाको जोड

Aakha neews dkt

धनकुटा । मानिसका लागि आँखा अति नै महत्पूर्ण र संवेदनशी अंग भएकाले आँखाको उपचारलाई पहिलो प्रथामिक्ता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल नेत्र ज्योती संघ धनकुटाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले आँखाको उपचार गर्न कुनै हेलचेक्र्याई गर्नु नहुने बताए ।

कार्यक्रममा सेवा फाउण्डेशन नेपालका प्रमुख रामप्रसाद कँडेलले सेवा फाउण्डेशनले नेपालमा आँखा उपचारका लागि सहयोग गर्दै आइरहेको बताउँदै आँखा उपचार सेवालाई अझ प्रभावकारी र स्तरीय बनाउन लागिपरेको बताए ।

उनले गरिव तथा असाहयहरुका लागि दुर्गम तथा विकट क्षेत्रहरुमा समेत आँखा उपचार सेवा संचालनमा सहयोग गरिरहेको बताउँदै नेपाल नेत्र ज्योती संघ धनकुटाद्धारा संचालित आखा उपचार सेवालाई सेवा फाउण्डेशनले सहयोग गरिरहेको र आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरागाईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा डा. रामप्रसाद पोखरेल आँखा अस्पतालका डा. ईशा विष्ट, व्यवस्थापक गंगा खत्री ,नेपाल नेत्र ज्योती संघ धनकुटाका उपाध्यक्ष रोशेष श्रेष्ठ, कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सदस्यहरु जय प्साद निरौला, अस्मिका राई, रेणु श्रेष्ठ, प्रकाश श्रेष्ठ, दुर्गा अधिकारी, विजय सन्तोषी राई लगायतले डा. रामप्रसाद पोखरेल आखा अस्पताल र इटहरी आँखा उपचार केन्द्रबाट संचालित आँखा उपचार सेवाको वारेमा जानकारी दिँदै आखा उपचार सेवालाई विस्तार गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...