जीवन रक्षाको अपिल गर्दै दुबै मृगौला फेल भएका प्रविन

Prabin vitikoti 6

काठमाडौं । पछिल्ला दिनमा नेपालमा मृगौला फेल हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । खासगरी मृगौला फेल हुँदा आर्थिक अवस्था कमजोर हुनेहरु धेरै पीडित बन्ने गरेका छन् ।

त्यसमा पनि पछिल्ला दिनमा युवा पिढी बढी मृगौला फेल भएर पीडित बन्न थालेका छन् । यसैक्रममा भोजपुर दुम्मानामा २४ वर्षीय युवा प्रविन भित्रीकोटी दुबै मृगौला फेल भएर जीवनसँग संघर्ष गरिरहेका छन् ।

भोजपुरको दुम्माना –८ का भित्रीकोटी आर्थिक अभावका कारण मृगौला फेर्न नसक्दा मृत्युसँग संघर्ष गरिरहेका छन् । उनको जीवन बचाउन उनको परिवारले अपिल पनि गरिरहेको छ । उनको भक्तपुरको मान अंग प्रत्यारोपण केन्द्रमा हेमो डाइलोसिस भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका भित्रीकोटी दलित परिवारका युवा हुन् । उनको सरकारले दिएको सेवा अनुसार डाइलोसिस भइरहेको छ । तर आर्थिक अवस्था कमजोर हुँदा औषधी खान पैसाको समस्या भएको उनी बताउँछन् ।

उनलाई बचाउन ६५ वर्ष पुगेकी आमा सरीमाया परियारले मृगौला दिने तयारीमा छन् । तर, मृगौला ट्रान्फर गर्न लाग्ने खर्चको अभावमा भौतारिनु परेको छ । मृगौला ट्रान्सफर गर्न ८ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने आफुसँग खर्च नहुँदा मृगौला ट्रान्सफर गर्न नसकिएको उनकी दिदी कुमारीले बताइन् ।

प्रतिकृया दिनुहोस