स्तन क्यान्सरले के सुन्दरतामाथि खेलबाड गर्न सक्छ त ?

Canser rog

शरीरको कुनै भागको कोशिकामा आउने असामान्य परिवर्तन तथा अनियन्त्रित बृद्धिलाई क्यान्सर भनिन्छ । बदलिँदो जीवनशैली खानपान आदी अनेकौ औषधिले महिलाको सबैभन्दा सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरूप बनाउने मात्र नभई ज्यानै जाने क्रम दिनदिनै बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक लाखमा २१.८ महिलामा स्तन क्यान्सर हुन्छ । तीमध्ये १० जनाको मृत्यु हुने गर्दछ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरले गराउँछ । स्तन क्यान्सर अमेरिका क्यानडा र यूरोपभन्दा एशिया एवं अफ्रिकामा कम देखापरे पनि यससम्बन्धी जनचेतनाको कमी, गरीबी तथा महिला शिक्षाको कमीका कारण ढिलो गरी थाहा हुन्छ । त्यो बेलासम्ममा स्तनको क्यान्सर हड्डी, फोक्सो, कलेजो, डिम्बाशय र स्नायु प्रणाली (दिमाग) सम्म फैलिसक्छ र महिलाले ज्यान गुमाउँछन् ।

५० वर्षभन्दा माथिका, आनुवंशिक खराबी भएका, ३० वर्षपछि विवाह गरेर आमा बनेका, १२ वर्ष अगाडि नै महीनावारी शुरू भएका, मोटोपना भएका, अधिक वा लामो समयदेखि इस्ट्रोजेन सेवन गरेका, अधिक धूम्रपान तथा मद्यपान गर्ने, बढी चिल्लो तथा बोसोयुक्त खाना हरु खाने महिलालाई स्तन क्यान्सरको जोखिम बढी हुने गरेको छ ।

स्तन क्यान्सरको कारण
स्तन क्यान्सर ४० वर्षभन्दा माथिका महिलाहरुलाई हुने सम्भावना बढी हुन्छ । तर, अहिले कम उमेरको महिलामा पनि स्तन क्यान्सरको जोखिम बढेको छ । विभिन्न कारणहरुमा सानै उमेरमा महिनावारी सुरु भएका र ढिलो उमेरसम्म हुनेलाई पनि स्तन क्यान्सर हुने सम्भावाना धेरै रहन्छ । स्तन क्यान्सर हर्मनमा निर्भर हुने भएकाले र महिनावारी हर्मनसँग सम्बन्धित भएका कारण लामो समयसम्म हर्मोनसँग एक्स्पोज हुँदा क्यान्सर हुने खतरा रहन्छ । यसैगरी बच्चा नभएका, पहिलो बच्चा ३० वर्षभन्दा पछि जन्माउनेहरुमा पनि जोखिममा हुन्छ ।

स्तनको सौन्दर्य गुम्ने चिन्ताले वा दूध नआएर र अरु कुनै बाध्यताले कतिपयले स्तनपान गराउँदैनन् । यो समूहका महिलालाई पनि स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ । यदि परिवारमा हजुर आमा,आमा वा दिदीबहिनीलाई स्तन क्यान्सर छ भने उक्त परिवारका अन्य महिला सदस्यहरुलाई पनि हुने सम्भावना बढी हुन्छ ।

यसैगरी हर्मनयुक्त औषधि खाने, परिवार नियोजनका औषधि लामो समय सेवन गर्ने, हर्मन रिप्लेसमेन्ट पिल (एचआरटी) सेवन गर्नेलाई पनि स्तन क्यान्सर हुने खतरा अन्य महिलाको तुलनामा बढी हुन्छ । मोटोपन, धुमपान, मद्यपान पनि यसका कारक हुन् । साथै, विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएका र पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा पनि स्तन क्यान्सर जोखिम उच्च हुने उनको भनाइ छ ।

स्तनमा गिर्खा हुनु, स्तनको आकारमा परिवर्तन, मुन्टाबाट रगत वा पिप बग्नु, स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिनु, मुन्टाभित्र धसिनु आदि स्तन क्यान्सरका लक्षण हुन् । यस्ता लक्षण देखिइसक्दा पनि दुखाइ भने प्रायः नहुने भएकाले स्तन क्यान्सरले धेरैलाई झुक्याउने गर्छ ।

बच्ने कसरी ?
स्तन क्यान्सर बाट बच्न धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खानाहरु कम खाने, जंक फूड (चाउचाउ, लेज, कुरकुरे लगायत) र फास्ट फूड जस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले यी खानेकुराबाट परै रहनुपर्छ । तौल नियन्त्रणमा राख्न नियमित ब्यायाम गर्ने र बच्चा जन्मिएपछि नियमित स्तनपान गराउनुपर्छ । प्रांगारिक, विषादीमुक्त फलफूल, सागसब्जी र रेसादार खानाले धेरै किसिमका रोगबाट बच्न सकिन्छ । समय समयमा आफ्नो स्तन आफैँ जाँच गर्ने वा चिकित्सिकसँग गराउने गर्नुपर्दछ ।

(धनकुटा निवासी श्रेष्ठ एमबिबिएस अध्ययनरत छिन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...