राससका संस्थापक श्रेष्ठको हृदयाघातबाट निधन

Rssss

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का संस्थापक सदस्य एवं वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको हृदयाघातका कारण निधन भएको छ ।

काठमाडौं महानगरपालिका ताहाचल निवासी श्रेष्ठलाई शनिबार हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटामै निधन भएको उनको पारिवारीक स्रोतले बताएको छ ।

उनको अन्त्येष्टि शनिबार नै गरिएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठका श्रीमती, एक छोरी र एक छोरा छन् । रामराज पौड्याल, गोविन्द वियोगी र श्रेष्ठ राससका संस्थापक थिए ।

 

प्रतिकृया दिनुहोस