हेटौँडा–नारायणगढ सडक खण्डमा स्थानीयको आक्रोश !

Sadak bandaaaa raj

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–३ र १९ को सिमाना लेवट तीनताप्केमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

भत्किएको सडकको मर्मत नगरी सडक कर मात्र उठाएको भन्दै स्थानीयहरुले राजमार्गअन्तर्गत हेटौँडा–नारायनगढ सडकखण्डको तीनताप्केमा सडक अबरूद्ध गरेका हुन् ।

१५ दिनमा बाटो कालोपत्रे गर्ने सहमति भए एक महिना बितिसक्दा पनि कालोपत्रे नभएकाले राजमार्ग अवरूद्ध गर्न बाध्य भएको स्थानीय आकाश पाठकले बताए ।

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन् । ठेकेदार र सडक कार्यालयको लापरवाहीका कारण आफुहरुले दुःख पाएको भन्दै यात्रुहरुले आक्रोश पोखेका छन् ।

करिब ५०० मिटर क्षेत्रमा सडकमा ठूल–ठूला खाल्डा रहेकाले दुर्घटना अधिक हुने गरेको स्थानीयको भनाइ छ ।

कालोपत्रे नहुँदा त्यस क्षेत्र सधैं धुलाम्मे हुने गरेको छ।

प्रतिकृया दिनुहोस