छाप्रोमा आगलागी, एक जनाको मृत्यु

Aaglagi 45

चरिकोट । दोलखामा भूकम्पपछि निर्मित छाप्रोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका–४, ठूलोस्वाँरामा भूकम्पपछि निर्मित छाप्रोमा आगलागी हुँदा करिब ५७ वर्षका खड्गप्रसाद चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जस्तापाता र काठद्वारा निर्मित छाप्रो गएराति आगलागी हुँदा चौलागाईंको मृत्यु भएको दोलखा प्रहरीका सूचना अधिकारी निरीक्षक प्रदिप महतले जानकारी दिए ।

छाप्रो जलेर पूरै नष्ट हुँदा चौलागाईंको सुतेकै ठाउँमा पूरै जलेर मृत्यु भएको प्रहरी निरीक्षक महतले जानकारी दिए ।

राति कतिबेला, कसरी आगलागी भएको भन्ने विषयमा एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

नजिकको छरछिमेकसमेतले थाहा नपाएको र आइतबार बिहान ७ बजे ज्वाईं नाता पर्ने नवराजले प्रहरीलाई टेलिफोन गरी जानकारी गराएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस्तीभन्दा केही माथि मृतक चौलागाईं छाप्रोमा एक्लै बसोबास गर्ने गरेका थिए ।

मृतक चौंलागाईको परिवार छाप्रोबाट ३० मिटर तल घरमा बस्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस