घरमै सुत्केरी गराउँदा सुत्केरीसहित बच्चाको ज्यान गयो

Mirtu 98798

कालिकोट । कालिकोटमा घरमै सुत्केरी गराउने क्रममा एक महिलाको ज्यान गएको छ ।

नरहरीनाथ गाउँपालिका–७ कि २० वर्षिया मीना शाहीको अत्यधिक रक्तश्रापका कारण ज्यान गएको हो ।

माल्कोट निवासी शाहीलाई सुत्केरी भएको पाँचौ दिनमा अवस्था गभ्मीर भएपछि मात्र अस्पताल लगिएको थियो ।

सुत्केरी हुनुपहिले उछवस्थित स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न गएकी मीनालाई त्यहाँकी अनमीले बच्चाको अवस्था ठिक नभएकाले सुत्केरी गराउन जिल्ला अस्पताल जान सुझाव दिएकी थिइन् ।

तर सल्लाह वेवास्ता गर्दै मीनाले घरमै बच्चा जन्माउने निधो गरेकी थिइन् । उनले यसअघि १६ वर्षको उमेरमा पहिलो सन्तान घरमै जन्माएकी थिइन् ।

उनले दोस्रो सन्तान मृत जन्माए पनि साल निस्किएन । पाँच दिनसम्म निरन्तर रक्त श्राप भएपछि बेहोस भएकी उनलाई शुक्रबार १२ बजेतिर गाउँका युवाले स्टेचरमा बोकेर जिल्ला अस्पताल पुर्याएका थिए ।

अवस्था गम्भीर भएकी मीनालाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. भिष्म पोखरेलले जानकारी दिए ।

सुर्खेत लैजाँदै गर्दा शुक्रबार राती तीन बजे गुराँसेमा उनको ज्यान गएको हो । सानै उमेरमा दुईवटा बच्चा जन्माउनु, कमजोर शरिर, अत्यधिक रक्त श्राप र समयमै उपचार नपाउँदा मीनाको ज्यान गएको डा. पोखरेलले दाबी गरे ।

ग्रामीण बस्तीमा चेताना अभावले अझै पनि अधिकांश महिला सुत्केरी गराउन अस्पताल जान मान्दैनन् ।

लामो समयसम्म रोग लुकाउने, अवस्था गम्भीर भएपछि मात्र अस्पताल लाने गरिएकाले धेरै महिनाले ज्यान गुमाउनु परेको छ ।

यता नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले घरमै सुत्केरी भएर ज्यान गुमाउन नपरोस भनेर विभिन्न सहयोग गरे पनि महिला अँझै स्वास्थ्य संस्थासम्म जान अन्कनाउने गरेको दावी गरे ।

प्रतिकृया दिनुहोस