कावासोतीमा दुई ट्रक ठोक्किँदा १ को मृत्यु, २ घाइते

Trak accident

नवलपरासी । नवलपुरको कावासोतीको खरकट्टा जङ्गलमा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको च्यापिएर मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङ घर भएकाका १८ वर्षीय अनराम रखाल छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाटका अनुसार दुर्घटनामा दाङकै ३० वर्षका सुदिप राई र २३ वर्षका विनोद लामा गम्भीर घाइते भएका छन् । घाइते दुवैको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

कावासोती नजिकै खरकट्टा जङ्गलमा बिग्रिएर रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा आइतबार विहान दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस