पत्नीको उपचार गर्न प्रचण्ड अमेरिका जाँदै

Prachanda 1

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार पत्नी सीताको उपचारका लागि अमेरिका जाने भएका छन् ।

प्रचण्डसँगै पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य पनि अमेरिका जान लागेका हुन् । आइतबार साझ अमेरिका जाने निश्चित भए पनि स्वदेश फर्किने मिति भने तय भएको छैन ।

दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन् । सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन् । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन् ।

गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए । रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउनसमेत लगेका थिए ।

प्रतिकृया दिनुहोस