हुलास स्टिल इन्डिस्टिजमा आगलागी हुँदा ४० लाखको क्षति

Hulash stil aaglagi

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरामा रहेको हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ । आगलागीबाट करिब ४० लाख बढीको क्षतिको प्रारम्भिक अनुमान गरिएको छ ।

शनिबार मध्यान्ह कुलिङ्ग टावरमा आगलागी भएको थियो । आगलागीको कारणबारे खुल्न सकेको छैन । दिउँसो करिब १२ बजेतिर कम्पनीको कवाडी जम्मा गर्ने गोदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा मेसिनबाट निस्केको आगोको झिल्कोले काराखानाभित्र आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीतपुर–सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमबाट गएको वारुण यन्त्रको सहयोगमा करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको छ।

प्रतिकृया दिनुहोस