सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Accident motor

सिरहा । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको नरहा गाउँपालिका-३ चोहर्वामा ठाकुरले चलाएको ज १२ प ६६४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा नरहा गाउँपालिका-३ का १८ वर्षीय अजयकुमार ठाकुरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते ठाकुरलाई उपचारका लागि विराटनगर लाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस