एयर लिफ्टिङ मार्फत सुत्केरी हुन नसकेकी महिलाको उद्धार

Helicopter 2567574

सुर्खेत । हुम्लामा एउटी महिला सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरले सुर्खेतबाट उद्धार गरेको छ ।

जिल्लाको चंखेल्नी गाउँपालिका–५ नेप्कगाउँकी ४९ वर्षीया रिउली तामाङको रक्तस्राबका कारण ज्यान जोखिममा परेको हुँदा हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सरकारले सुत्केरी अवस्थाका जोखिममा परेको महिलाहरुको ज्यान जोगाउन सञ्चालन गरेको एयर लिफ्टिङ सेवा मार्फत उद्धार गरिएको हो ।

लामो समय सुत्केरी हुन नसक्दा अत्यधिक रक्तस्राबका कारण महिलाको ज्यान जोखिममा परेकाले जिल्ला प्रशासन कार्यलय हुम्लामार्फत पत्राचार गरी शनिबार उद्धार गरिएको जिल्ला प्रसाशन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश पोखरेलले बताए ।

बिरामीलाई हेलिकप्टरले सुर्खेत हुँदै कोहलपुरको मेडिकल कलेजमा पुर्याएको छ ।

लामो समय सुत्केरी बेथा लागेकोले सुर्खेतमा उपचार असंभव भएपछि उद्धार गरिएको पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।

प्रतिकृया दिनुहोस