हायस दुर्घटना हुँदा ८ जना घाइते

Durghatana

इटहरी । सुनसरीको कोशी गाउँपालिका-७ स्थित हरीपुरमा शनिबार बिहान हायस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापाका लागी हिडेको बा ४ ख ४१६ नं. को हायस अनियन्त्रित भएर पल्टिँदै छेउको रुखमा गएर ठोक्किएको थियो ।

हायसमा ११ जना सवार रहेको प्रहरी चौकी भन्टाबारीका सई अवधलाल शाहले जानकारी दिए ।

घाइते ८ जनालाई धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस