कैलालीको सडकमा बेवारिसे शव फेला

Mirtu 884545

धनगढी । कैलालीको अत्तरियामा शनिबार बिहान एक जनाको शव फेला परेको छ ।

गोदावरी नगरपालिका ४ खैराना गाउँ जाने बाटोको पुल नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा कसैले हत्या गरेर त्यहाँ फालेको हुन सक्ने जनाइएको छ ।

घोप्टो परेको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिल्सिनाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस