नदीमा पौडी खेल्नेक्रममा डुबेर एकजनाको मृत्यु

Mirtu 884545

सिन्धुली । सिन्धुलीमा शुक्रवार सुनकोशी नदीमा पौडी खेल्नेक्रममा डुबेर एक जना युवकको मृत्यु भएको छ ।

सिन्धुलीको सुनकोशी गाउपालिका-७ कानढुङग्रे स्थित सुनकोशी नदीमा पौडी खेल्नेक्रममा डुबेर सुनकोशी गाउपालिका-६ खाल्टेका कुमार आछामीका १७ वर्षीय छोरा सन्दीप आछामीको मृत्यु भएको हो ।

सुनकोशी नदीमा डुबेर सिकिस्त भएका आछामीलाई ईलाका प्रहरी कार्यालय खुर्कोका प्रहरीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारका लागी पठाएको थियो ।

आछामीको उपचारको क्रममा शुक्रबार दिउँसो नै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताए ।

मृतक अछामि लगाएत अन्य ७ जना पौडी खेल्न गएकोमा अछामी सुनकोशी नदीमा डुब्दा मृत्यु भएको र अन्य सकुशल रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस