पाल्पा पुगेर देउवाले भने, राउतसँग राष्ट्रघाती सम्झौता भयो

Deuwa palpa

पाल्पा । सरकारले केही समयअघि स्वतन्त्र मधेशको माग गर्दै आएका डा.सिके राउतसँग ११ बुँदे सम्झौता गरेपछि नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ । सो सम्झौताको पक्ष र विपक्षमा यतिवेला आवाज उठिरहेको छ । प्रमुख प्रतिपक्ष दल पनि यो सम्झौताको विरोधमा छ ।

यसैक्रममा पाल्पा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा आन्दोलन गर्दै आएको सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले शनिबार तानसेनले गरेको पत्रकार भेटघाटमा देउवाले सिके राउतका समर्थकले नयाँ देश मधेसमा स्वागत छ भन्दै निकालिएको जुलुसले यसको पुष्टि गरेको दाबी गरे । उनले राउतसँग सरकारले अनावश्यक रुपमा सम्झौता गरेको आरोप पनि लगाए ।

ओली सरकारको एक वर्ष उखान टुक्कामै वितेको उनले बताए । ‘यो सरकार बनेको एक वर्ष बितिसक्यो । एउटा पनि महत्वपूर्ण काम भएको छैन्’, उनले भने, ‘सरकार अपराधीहरूलाई बचाउने काम गरिरहको छ यही अवस्था हुँदै जाने हो भने मुलुक कहाँ पुग्छ ?’ उनले सभापति देउवाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हत्या हिंसा छोडेर वार्तामा आउन आग्रह पनि गरे ।

महाधिवेशन आउन थालेका कारण पार्टीमा नेताहरूबीच तिक्तता बढेको उनले बताए । ‘रामचन्द्रजीलाई सभापति बन्ने इच्छा भएकाले पनि मैले गरेको निर्णयलाई अस्वीकार गर्नु स्वाभाविक हो’, देउवाले भने, ‘अबको अधिवेशनमा सभापतिको लागि चुनाव लड्दै हुनुहुन्छ रामचन्द्रजी । अनि मैले भनेको कहाँ मान्नुहुन्छ ।’

सभापति देउवाले गिरिजाबाबुले ल्याएको संविधानविपरीत हिन्दु धर्मको पक्षमा वकालत नगर्न शेखर कोइरालालाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस