विप्लवका पोलिटब्यूरो सदस्य मोहन कार्की पक्राउ

Mohan karki jibanta

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएलगत्तै सरकारले उसका नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेका छन् । यसैक्रममा नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त ललितपुरबाट पक्राउ परेका छन् ।

जीवन्तलाई सादा पोसाकका प्रहरीले शुक्रबार बेलुकी ८ बजेतिर गिरफ्तार गरेको छ । प्रहरीले उनी पक्राउ परेकोबारे केही बताएको छैन । तर नेकपा स्रोतले भने पोलिटब्यूरो सदस्य जीवन्त पक्राउ परेको पुष्टि गरेको छ ।

उनी यसअघि पनि पक्राउ परेका थिए । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए ।

यता, उदयपुरमा पनि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता पक्राउ परेका छन् । उदयपुरका जिल्ला सदस्य तिलक तामाङ (आक्रोश) त्रियुगा नगरपालिका ७ चिसापानीबाट पक्राउ परेका हुन् ।

विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाएपछि पक्राउ परेका उनलाई विप्लवसमूहले आह्वान गरेको नेपाल बन्दकी दिन राति ८ बजे पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

नेकपाले सेक्रेटरी प्रशान्तले एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध राखेर सुराकी गरेर आफ्ना पार्टीको जिल्ला सदस्यलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस