'बर्ड फ्लू' रोगबाट प्रभावित कुखुरालाई नष्ट गरिने

Bird flue

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–७, नागस्वतीको विभिन्न स्थानमा 'बर्ड फ्लू' रोगबाट प्रभावित कुखुरालाई नष्ट गरिने भएको छ।

स्थानीय नागस्वती क्षेत्रका विभिन्न स्थानमा कृषकले पालन गरेका कुखुरा र चल्ला गरी ४१ हजार ७ सय ६५ वटालाई चैत २ गते (शनिबार) बिहान ९ बजेदेखि काठमाडौंबाट आएका चिकित्सकको प्राविधिक टोलीले नष्ट गरी खाल्टोमा पुर्ने तयारी गरिएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ।

उक्त आकस्मिक बैठकले कुखुरा र चल्ला नष्ट गरिँदा ती कृषकलाई राहतस्वरुप अनुदान प्रदान गर्न जिल्ला पशुसेवा कार्यालयका प्रमुख चिकित्सक डा चेतनाथ खरेलको संयोजकत्वमा मूल्य निर्धारण गर्ने ५ सदस्यीय कार्यदल गठन गरिएको छ।

प्रतिकृया दिनुहोस