जनकपुरमा पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी पोखे नेतृत्वसँग असन्तुष्टी

Gyanendra shah janakpur

काठमाडौं । जनकपुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान नेतृत्वसँग आम जनता असन्तुष्ट पोखेका छन् । शाहले देशमा शान्ति, प्रगति र एकता आवश्यक रहेको पनि बताएका छन् ।

‘तपाई हेर्नुहोस् जनताको मनोबल र परिस्थि,’ शुक्रबार जानकी मन्दिर दर्शन गरेपछि पत्रकारसँग कुरा गर्दै उनले भने’, ‘वर्तमान नेतृत्वसँग जनता सन्तुष्ट छैनन् ।’

‘देशमा सुख शान्ति र प्रगतिहोस्,’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘प्रगतिका लागि शान्ति आवश्यक छ ।’ प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेश नभएको बताए ।

मुलुकमा शान्ति र प्रगतिको आवश्यकता रहेको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले भने, ‘तपाईंले नै हेर्नुस् जनताको मनोबल, जनताको परिस्थिति कस्तो छ, के छ उहाँहरुलाई नै सोध्नुस् । मलाई नसोध्नुस् ।’

जानकी मन्दिर दर्शन गर्न पुगेका उनलाई समर्थनकको भिड पार गर्न २० मिनेट लागेको थियो । ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘हिन्दु राष्ट्र कायम गर’ भन्दै उनका समर्थकले चर्को नाराबाजी गरेका थिए ।

ज्ञानेन्द्रलाई हातमा फूलमाला र पुष्पगुच्छा अर्पण गरेका कतिपय समर्थक महिला र पुरुषले भने उनका खुट्टासमेत ढोगेका थिए ।

 

प्रतिकृया दिनुहोस