सगरमाथा आरोहणको तयारीमा रहेकी रन्पाललाई विश्वकर्मा समाजको सहयोग

Help ranapal

काठमाडौं । सर्वाेच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी कुमारी ज्ञानमाला रन्पाल परियारलाई एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले आर्थिक सहयोग दिएको छ ।

६ हजार १ सय ६० मिटर अग्लो आइलेम्पिक हिमाल आरोहण गरिसकेकी रन्पाल केही दिनपछि सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ जाँदैछिन् ।

कपिलवस्तुको बुद्धभुमी –२, गोरुसिंङ्गेमा जन्मिएकी रन्पालले अघिल्लो वर्ष नै सगरमाथा आरोहणको प्रयास गरेकी थिइन् । तर, यो वर्ष भने जसरी पनि सगरमाथा पुग्ने योजना बनाएको बताइन् ।

रन्पालको शाहसिक कार्यको सम्मान गर्दै समाजले १९ हजार पाँच रुपैयाँ आर्थिक सहयोग गरेको समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले बताए । ‘दलित समुदायकी महिलाले सगरमाथा चुम्न खोज्नु नै गर्वको विषय हो’ उनले भने, ‘उनको सफलताको कामना गर्दै सानो सहयोग गरेका हौं ।’

यसअघि सगरमाथामा पाइला टेक्ने पहिलो दलितको नाम विजय घिमिरे विश्वकर्माले लेखाएका छन् । उनीपछि प्रकाश सुन्दासले पनि सगरमाथा चढिसकेका छन् । रन्पालले सगरमाथा आरोहण सम्पन्न गरे सगरमाथा आरोहण गर्ने पहिलो दलित महिला हुने छिन् ।

प्रतिकृया दिनुहोस