काठमाडौंबासीलाई फुर्क्याउँदै भृकुटीमण्डपमा यसरी डुक्रिए कमल थापा

Rpp kalash yatra

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सकिएको छ । फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको सो यात्रा काठमाडौंस्थित भृकुटीमण्डपमा शुक्रबार आमसभा गर्दै टुंग्याइएको हो ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य लगायतका माग राख्दै राप्रपाले यो यात्रा सुरु गरेको थियो ।

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभामा पार्टी अध्यक्ष कमल थापाले जुनसुकै संघर्ष गरेर भए पनि हिन्दु राष्ट्र पुनःस्थापना गरि छाड्ने ठोकुवा गरे ।

‘काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ’ उनले भने, ‘हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट« पुनःस्थापना गरेरै छाड्ने संकल्प गर्छु ।’

‘म संकल्पका साथ निवेदन गर्दछु । आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’ उनले भने, ‘विगतमा भएका त्रुटी र कमी कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति म दुख प्रकट गर्दै क्षमा याचना गर्न चाहन्छु ।’

थापाले संविधान गएपछि पार्टी पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफीसमेत मागेका छन् । वाइडबडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुन तस्करीजस्ता काण्ड राज्यकै संरक्षणमा भइरहेको थापाले आरोप लगाए ।

प्रतिकृया दिनुहोस