उद्योगपति बिनोद भन्छन्; महिलालाई आर्थिक रुपमा सशक्त बनाउनु पर्छ

Binod chaudhrtyyy


काठमाडौं । उद्योगपति तथा प्रतिनिधि सभा सांसद बिनोद चौधरीले हरेक क्षेत्रका महिलाहरुले संवेदनशिल भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

चौधरी ग्रुपको केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले महिलाहरुले संवेदनशिल भएर आफ्नो काम कुशलतापूर्वक गर्ने बताए ।

उनले पत्रकार महिलाका लागि आफू सहयोग गर्नसमेत तयार रहेको बताएका छन् ।

सामाजिक रुपान्तरणको लागि आर्थिक क्षेत्र अत्यन्त महत्वपूर्ण भएकोले उद्योगी व्यवसायीले महिलालाई आर्थिक रुपमा सशक्त बनाउन लाग्नुपर्ने पनि बताइएको छ ।

सो कार्यक्रममा चौधरी ग्रुप अन्तर्गत रहेको चौधरी फाउण्डेशनको सहायक महाप्रबन्धक मारिना रञ्जितले ग्रुपले गर्दै आएको सामाजिक कामहरुको बारेमा जानकारी गराएकी थिइन् ।

प्रतिकृया दिनुहोस