बन्दविरुद्ध पोखरामा साझा पार्टीको प्रदर्शन

Band birudda sajha

पोखरा । विवेकशील साझा पार्टीमा आवद्ध युवाहरुले पोखरामा बन्दविरुद्ध प्रदर्शनी गरेका छन् ।

पृथ्वीचोकमा 'बन्दले देश बन्दैन’, 'बन्दको विकल्प खोजौँ’, 'नेपाल खुला छ’ लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका हुन् ।

देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पार्टी कास्की जिल्ला सदस्य सुरेश पहारीले बताए ।

पार्टीहरुलाई विकासमा बाध नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न र सरकारले सबैको माग वार्ता र सम्वाद मार्फन निकास निकाल्नु पर्ने उनले बताए ।

बन्द हड्तालले युवाहरुको भविष्यसंग जोडिएको विद्यालय, कलेज बन्द हुनु, उद्योग, व्यापारसमेत ठप्प हुन नहुने बन्द विरुद्ध प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...