इलामको माइपोखरीमा आगलागी, ४ घर जलेर नष्ट

इलामको माइपोखरीमा आगलागी, ४ घर जलेर नष्ट

इलाम । इलामको उत्तरी पर्यटकीय स्थल माइपोखरी नजिकैको बस्तीमा आगलागी भएको छ । आगलागीमा चार घर जलेर नष्ट भएका छन् ।सन्दकपुर गाउँपालिका वडा नं. २ माइपोखरी अगाडि रहेका घरमा आगलागी भएको हो । चार घरमा आधा दर्जन होटल सञ्चालनमा थिए ।

आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाको घर जलेको हो । आगलागी भएको ४५ मिनेटमा चारै वटा घर जलेर नष्ट भएको स्थानीय युवराज पिसीले बताए ।

आगो नजिकैको जंगलमा फैलन सक्ने संभावना भएकाले सुरक्षाकर्मी र स्थानीयले रुख ढाल्ने र आगो निभाउने काम गरिरहेका छन् । आगो निभाउने र क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चक्र मुखियाको भान्साबाट सल्किएको आगो अनियन्त्रित रुपमा फैलिएर पुरा वस्ती नै नष्ट भएको स्थानिय यामबहादुर मुखियाले बताए । सबै काठको घर भएकाले आगलागी तीब्र भएको थियो ।

इलाम नगरपालिकाबाट दमकल पठाइए पनि घरहरु जलिसकेपछि मात्र दमकल पुगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

यसरी पास हुदैछ प्रस्तावित शिक्षा नियमावली,अस्थायी शिक्षकले सुबिधा पाउने,अरुको यस्तो छ ब्यबस्थापनको ढाँचा

काठमाडौँ ।  शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथम...