सरकारप्रति किन उग्र बन्दैछन् भीम रावल ?

Vim rawal

काठमाडौं । पूर्व एमालेका प्रभावशाली नेता हुन् भीम रावल । उनी अहिले पनि नेकपाका त्यस्तै प्रभावशाली नेता हुन् । तर, उनी आफ्नै पार्टी नेतृत्वको सरकारप्रति अनुदार बन्दै गएका छन् ।

आफ्नै पार्टी नेतृत्वको सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति देश विखण्डनको कदम भन्दै नेकपाका नेता भीम रावलले कडा विरोध गरिरहेका छन् ।

रावलले नेकपाका कैलाली जिल्ला नेता दिनेश सुवेदीलाई अगाडि सारेर धनगढीमा विरोध जुलुस प्रदर्शन गर्न लगाए । जुलुसमा सहभागीहरुले आक्रोशित भएर धनगढी रंगशालामा राखिएको नेपालको झण्डासमेत उखेलेर फालेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक मन्त्रालयले बुधबारदेखि चैत ३ गतेसम्म आयोजना गर्न लागेको मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा भाग लिन आएका आएका खेलाडी र केही स्थानीय नेताहरुलाई सहभागी गराएर मंगलबार धनगढीमा विरोध जुलुस निकालिएको थियो ।

विरोध सभालाई सुदूर पश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका छोरा भीष्म सुवेदीले सरकार र राउतबीच भएको सहमति राष्ट्रघाती भएको बताएका थिए ।

आफूलाई समग्र सुदूरपश्चिम प्रदेशको नेकपाको एक मात्र नेता दावी गर्ने गरेका रावलले सरकार र राउतको सहमतिविरुद्ध ब्यापक प्रदर्शन गर्न उनीनिकट मानिने नेकपाका नेताहरु दीर्घराज सोडारी र हिक्मत कुँवरलाई खटाएका थिए । सोडारी चारित्रिक विचलनको आरोप लागेर मन्त्रीबाट बर्खास्त भएका नेता हुन् ।

आफ्नै पार्टीका सरकारविरुद्ध चर्को रुपमा प्रस्तुत भएका रावलको पछिल्लो क्रियाकलाप हेर्दा उनी यो सरकारको विरोधमा हात धोएरै लागेको देखिएको छ । सुदूरपश्चिमको नाम भजाएर धेरै पटक आकर्षक मन्त्री तथा उपप्रधानमन्त्रीसमेत बन्न सफल भएका उनको यस्तो गतिविधिलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नजिकबाट नियालिरहेको बुझिएको छ ।

रावलले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि आफुलाई माइनस गरिएको, अब आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नसक्ने वातावरण बन्दै गएकोले यस विषयलाई उचालेर अघि बढ्ने तयारीमा रहेको आफू निकटका नेताहरुलाई बताउने गरेका छन् ।

के साच्चै भीम रावलका यी सम्भावना टुटेकै हुन् त ? नेपाली राजनीतिक वृत्तमा रावलको यस्तै चर्चा चल्न थालेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...