मिर्गौैला दिवसमा प्रधानमन्त्री ओलीको वाकाथन

Kidney 7

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा वली मिर्गौला दिवसको अवसरमा आयोजित वाकाथनमा सहभागी भएका छन् । शिक्षण अस्पतालको  मिर्गौला विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी भएका हुन् । 

प्रधानमन्त्रीकी निजी चिकित्सक तथा अस्पतालकी मिर्गौला विभाग प्रमुख डा. दिव्या सिंहले सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको बताइन् । नेपालमै मिर्गौला प्रत्यारोपणको अगुवाइ गरेकी डा. सिंहकै आग्रहमा मिर्गौला प्रत्यारोपित प्रधानमन्त्री ओली वाकथुनमा  सहभागी भएका हुन् ।

केही वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि आफन्तको दानबाट प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

मिर्गौला रोग विशेषज्ञ डा. सिंह त्यसपछि प्रधानमन्त्री ओलीको निजी चिकित्सकका रुपमा उपचार सेवा दिइरहेकी छिन् ।

प्रतिकृया दिनुहोस