ट्याक्टर दुर्घटना हुँदा सल्यानमा दुईजनाको मृत्यु

Death

काठमाडौं । सल्यानमा सोमबार राति भएको ट्याक्टर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । श्रीनगरबाट लुहामका लागि छुटेको रा १ त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको थियो । 

दुर्घटनामा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएपछि तत्कालै उनीहरुलाई जिल्ला अस्पताला लगिएको थियो । राति १० बजे उनीहरु दुबैजनाको ज्यान गएको हो । ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खेतमा खसेको थियो ।

प्रतिकृया दिनुहोस