गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य कुराहरु यस्ता छन्

Pregenent woman eat food tapaikokhabar

काठमाडौं  । विबाहित महिलाको लागि गर्भअवस्था एकदमै खुशीको अवस्था हो भने संगै अलि जटिल र ख्याल राख्नुपर्ने समयपनि हो । गर्भावस्थाका मुख्य लक्षणहरु

    समयमा महिनावारी नहुने    
    थकाइ लाग्ने वा जिउ गल्ने
    शरीरमा ज्वरो आएजस्तो लाग्ने
    कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने
    बारम्बार पिसाव लाग्ने
    स्तन गानिएर आउने, ठूलो हुने
    ढाड (तल्लो भाग ) दुख्ने
    गर्भ रहेपछि हल्का रक्तश्राव हुने
    टाउको दुख्ने
    दिक्क लाग्ने वा तनाव हुने
    बिहान उठ्ने बित्तिकै बिरामी हुने


गर्भावस्थाका शारीरिक परिवर्तनहरु
  पहिलो १२ हप्ता
    खाना अमन हुने,
    वाकवाकी लाग्ने,
    स्तन दुख्ने तथा भारी हुने

  १३– २८ हप्ता
    वाकवाकी लाग्न हराउने
    छालाको रङ परिवर्तन हुने
    मुखमा चायाँ, पोतो आउने
    पेट बढेको देखिने
    पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने
    पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र  पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन्।

२८ देखि ४० हप्ता
    पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने
    बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने
    ढाड दुख्ने
    आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने
    नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने
गर्भावस्थाका असाधारण लक्षणहरु
    ज्वरो आउने
    योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने
    पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने
    पखाला लाग्ने, निरन्तर वान्ता हुने
    पोट दुख्ने
    टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०÷९० भन्दा माथि हुने
    अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने 
    तैताला,हत्केला र शरीर चिलाउने 

प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरु

    सफा रहने र सधै नुहाउने
    पौष्टिक खाना खाने
    हलुका, खुकुलो र आरामदायी कपडा लगाउने
    ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने
    तनावयुक्त काम नगर्ने
    आराम गर्ने
    चिल्लो, पिरो,अमिलो आदि नखाने
    ९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने
    राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने
    कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने
    जाँड, रक्सी तथा चुरोट नपिउने
    विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने
    मोटरसाइकल÷स्कुटर नचलाउने
    शारीरिक सम्र्पक नराख्ने
    चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने÷ प्रयोग नगर्ने
    टिटानस सुई लगाउन

गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ ।

प्रतिकृया दिनुहोस