लाजिम्पाटमा एक तेस्रो लिंगीको रहस्यमय मृत्यु, यस्तो छ घटना ?

Mirtu 98798

काठमाडौं । लाजिम्पाटमा एकजना तेस्रो लिंगीको रहस्यमय मृत्यु रहेको छ। मृत्यु हुनेमा पोखरा स्थायी घर भइ हाल लाजिम्पाट बस्ने जीवन गुरुङ रहेका छन् ।

गुरुङ आइतबार आफ्नै कोठामा मृत फेला पेरका थिए । गुरुङका आफन्तले भने जीवनको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद घिमिरेका अनुसार जीवनका आफन्तले जीनवको हत्या भएकोभन्दै दरबारमार्गमा उजुरी दिएको बताए ।

उजुरीको आधारमा एक जनालाई नियन्त्रमा समेत लिएर अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए। पक्राउ पर्नेमा लाजिम्पाट बस्ने विदेश कार्की रहेका छन् ।

'गुरुङको हत्या उनैले गरे वा कुनै अन्य कारणले मृत्यु भयो यसबारे गुरुङको पोस्टमार्टम रिपोर्टपछि मात्र थाहा हुन्छ', घिमिरेले भने ।

प्रहरीका अनुसार तेस्रो लिङगीहरुको एक समुह शुक्रबार राति लाजिम्पाट क्षेत्रमा मादकपदार्थ सेवन गरेर बसिरहेका थिए ।

मादकपदार्थ सेवन गरेर बाटोमा उनीहरुले हल्ला गरेको सुनेपछि विदेश कार्की त्यहाँ पुगे । तेस्रो लिङगी र कार्की बिच बातविवाद हुँदै झगडा भयो । त्यसमा जीवन गुरुङ घाइते भए ।

आफुमाथि कार्कीले हातपात गरेर घाइते पारेको भन्दै गुरुङ शुक्रबार राती नै दरबारमार्ग प्रहरी वृत्तमा पुगेका थिए । कार्की भने फरार थिए ।

प्रहरीले घाइते गुरुङलाई शुक्रबार राति नै उपचारकालागि विर अस्पाताल पठाएको थियो ।

गुरुङ सामान्य उपचारपछि घर फर्किएको तर प्रहरीको सम्पर्कमा नआएको घिमिरेको भनाइ छ ।

गुरुङ आइतबार मृत अवस्थामा फेला परेपछि शुक्रबारको मौखिक उजुरीका आधारमा कार्कीलाई आइतबार पक्राउ गरेर अनुसन्धान भइरहेको तर घटनाबारे अहिले नै यही हो भन्न नसकिने घिमिरेको भनाइ छ ।

गुरुङ आइतबार आफ्नै कोठामा मृत फेला परेका थिए । उनको कोठाको ढोकासमेत खुलै रहेको पहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस