प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ट्रिपर चालक पक्राउ

Pakkrau 1

भक्तपुर । मध्यपुर ठिमीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ट्रिपरका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमीनगरपालिका-२ सानोठिमीस्थित सडकबाट प्रहरीलाई १ हजार १ सय ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.२ ख ७२७१ नम्बरको ट्रिपरका चालक सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० का २८ वर्षीय मन्दिर माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खटिएको प्रहरीले उक्त ट्रिपर जाँच गर्ने क्रममा चालक माझीको साथमा सवारी चालक अनुमतिपत्र नभएकाले उनले उक्त रकम दिई प्रहरीलाई प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस