३ सय ६० केजी अवैध चरेससहित ३ भारतीय नागरिक पक्राउ

Pakrau 12

काठमाडौं । धादिङको गजुरीमा जाँचका क्रममा ३६० किलो चरेससहित ३ जना भारतीय नागरिकलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

काठमाडौंबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर ५५ एम ९४८४ नं.को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।

भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले शंका लागर जाँच गर्दा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाई ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद भएको हो ।

प्रहरीले चरेस कारोवारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षिय ओमप्रकाश र साहु भारत, मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षिय गुलाफ खानलाई पक्राउ गरेको हो ।

प्रहरीले ट्रक सहचालकसमेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ ।

सवारीसाधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको यो पहिलो पटक हो ।

प्रतिकृया दिनुहोस